
डोटी – डोटीमा एकजना मृत फेला परेका छन्। दिपायल सिलगढी नगरपालिका ७ रातुली बस्ने ४५ वर्षीय लालबहादुर नेपाली बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
सोही नगरपालिकाको वडा नम्बर ६ र ७ को सिमानास्थित गोरेटे बाटोमा उनी मृत फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













