
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालीकालाई साक्षर नगरपालीका घोषणा गरिएको छ ।साक्षर नगरपालीकाकालागी पुर्याउनु पर्ने मापदण्ड पुरा भएपछी शुक्रबार एक कार्यक्रमकाबिच नगरपालीकालाई साक्षर नगरपालीका घोषणा गरिएको हो ।
साक्षर नगरपालीका घोषणा गर्नकालागी पालीकाको जम्मा जनसंख्यामध्य ९५ प्रतिशत जनसंख्या साक्षर हुनुपर्दछ । कृष्णपुर नगरपालीकाको हकमा नगरको कुल जनसंख्याको ९६.१७ प्रतिशत जनसंख्या साक्षर भईसकेको जनाईएको छ । कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालीकाका प्रमुख कर्ण बहादुर हमालले मापदण्ड र विधी अनुरुप नगरपालिकामा १५ देखि ६० बर्ष उमेर समुहका ९६.१७ प्रतिशत नागरिक साक्षर भएपछि नगरलाई साक्षर नगरपालीका घोषणा गरिएको बताए ।

उनले नगरपालीका साक्षर नगरपालीकाको रुपमा खडा भईसकेपछी समाजका सम्पुर्ण काम,सभ्य समाजका साथै समग्रमा सबै क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालीका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुदत्त भट्टले अझै ३.८३ प्रतिशत जनसंख्या निरक्षर रहेकाले अझै विभीन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए














