
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका ३ चौकिडाँडाका चन्द्र सिंह साँउद दुइ वर्षदेखी उखु पेल्दै आएका छन् । साँउद बारीबाट उखु किन्दै मेसिनमा पेलेर जुस बिक्री गर्छन् । बिहानैदेखी उखु पेल्ने मेसिन लिएर अत्तरिया बजारका विभीन्न ठाँउमा पुग्ने उनले दिनमा करिब एक क्वीन्टल उखु पेलेर जुस बिक्री गर्ने गरेको बताए । नजीकैका क्षेत्रहरु मालाखेती,शान्तीपुरबाट उखु खरीद गर्ने गरेका उनी बजारको माग अनुसार उखुको मुल्य फरक हुने बताँउछन् । क्वीन्टल लाई कहिले एक हजार,कहिले एघार सय त्यस्तै पर्छ उनले भने ।
दिनमा एक क्वीन्टल उखु बिक्री भए करिब पाँच हजारको कारोबार हुने र २५ सय तिन हजार चोखो आम्दानी हुने गरेको साँउद बताँउछन् । २५ सय ,तिन हजार चोखो बचत हुन्छ उनले भने “बाँकी कागती, आइस ,मेसिनको डिजेल गर्दा ठिक्क हुन्छ ।” ८ महिना जती यहि काम गर्ने उनी अन्य समयमा अटो चलाउँने त कहिले होटल व्यवशाय गर्दै आएका छन् । होटेल र अटो दुवैभन्दा यसैमा कमाइ राम्रो भएको उनले बताए । कञ्चनपुरको कृष्णपुर ७ की निर्मला पाण्डे पनी उखु पेलेर जुस बिक्री गर्छीन् । जुसको बेसिजन भएकाबेला होटल व्यवशाय गर्दै आएकी उनले सिजनको समयमा होटल छोडेर उखुको जुस बिक्री गरेको सुनाईन् ।


सानो होटल छ, उखुको जुस बिक्री नहुने जाडोयामको समयमा होटलमै श्रीमानलाई सघाँउछु उनले भनीन् ।” दिँउसोभरी घाम खाएपनी आफ्नो मिहेनतको कमाइ मिठो लाग्छ उनलाई । काम पनी सजिलो, सिजनमा व्यापार पनी राम्रो हुने गरेकाले यो व्यवशायमा लागेको उनीहरुले बताए । साँउद र पाण्डे मात्रै नभइ उखु पेलेरै स्वरोजगार बनेका थुप्रै व्यत्तिहरु अत्तरियामा छन् ।
मानीसको बढी आवतजावत हुने स्थान,रुखको छहारी भएका ठाँउमा उनीहरुले उखु पेल्ने मेसिन राखेर जुस बिक्री गर्दै आएका छन् । उखु पेल्ने र जुस बिक्री हुने समय भनेको फाल्गुनको मध्यदेखी कार्तिकसम्म भएको उनीहरुले बताए । उखु पेल्न मेसिन लिएर बजारभरी डुल्दा उखुको बोक्रा,प्लास्टीकको गीलास लगाउतका फोहोर फाल्न समस्या हुने गरेको उनीहरुले गुनासो गरे । नगरपालीकाले फोहोर उठाउने भन्दै प्रत्येक महिना एक सय रुपैया उठाउने गरेको भएपनी फोहोरको व्यवस्थापन भने नगरेको उनीहरुको भनाई छ ।














