अत्तरिया पतंजली योग समितिको नव निर्मीत भवनको उद्घाटन

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको पतंजली योग समितिको नव निर्मीत भवनको उद्घाटन गरिएको छ । आईतबार एक औपचारीक कार्यक्रमकाबिच योग प्रशिक्षक कौशिला खर्कवालले भवनको उद्घाटन गरेकी हुन । समितिका अध्यक्ष दुर्गा प्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा पतंजली योग जिल्ला समितिका संरक्षक मदनराज पाण्डे प्रमुख अतिथी रहेका थिए ।

३०० जनाको सिट क्षमता भएको उत्त हललाई अझै व्यवस्थीत गर्नकालागी चारैतिरबाट पर्खाल लगाउन आवश्यक रहेको अध्यक्ष प्रसाईले बताए । उनले भवनलाई तिन तलासम्म निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए । तल्लो तला समाजीक कार्यक्रमहरुकालागी,दोसा्रे तला वृद्धहरुकालागी औषधीहरु राख्ने सँस्था राख्ने र तेस्रो तला पतंजली योग समितिले प्रयोग गर्नेगरि आगामी योजना बनाईएको पनी प्रसाईले बताए ।

nisarga

२०६२ सालमा दुर्गा मन्दीरको प्रागंणमा त्रिपाल टागेर ३ जनाले योगा गर्न सुरु गरेको बताउँदै उनले भने “पछी बिस्तारै योगा गर्नेको संख्या बढ्दै जाँदा ठाँउ अपुग भएपछी बजार व्यवस्थापन लगाएतका समितिबाट केहि रकम जम्मा गरि २०७२ सालमा टिनको छाना सहितको सानो हल निर्माण गर्न सफल भयौँ,यो जमीन प्रात्त गर्नकालागी पनी ठुलो कसरत गरेका छौँ ।”

सहरी विकास आयोजनाको २३ लाख, गोदावरी नगरपालिकाको ४० लाख र उपभोत्ता समितिको ९ लाख ७३ हजार ३ सय ५ रुपैयाँको लागतमा ३ सय १ दशमलव ५ स्क्वायर मिटर क्षेत्रफलमा योग हलको निर्माण गरिएको छ । अध्यक्ष प्रसाईले हल निर्माणका क्रममा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यत्त गरे । उनले योगले स्वस्थ राख्न मदत गर्ने हुँदा दैनीक रुपमा योग गर्नपनी आग्रह गरे ।