Attariya Hospital Pvt.Ltd.

आन्तरिक मामिला तथा कानुन मन्त्री रावलले गरे गौरीफन्टा नाकाको निरीक्षण

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । मन्त्री रावलसहितको टोली बुधबार बिहान कैलाली-कञ्चनपुरको सिमानाका गौरीफन्टा पुगेको हो ।

नयाँ वर्ष मनाउन घर फर्कने नेपालीलाईको अवस्था बुझ्नको लागि मन्त्री सहित कैलालीका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले सिमानाकाको निरीक्षण गरेका हुन् ।

रोजगारीका लागि भारत गएकाहरूले स्वदेश फर्कने क्रम बढेसँगै सिमानाकाको अवस्था बुझ्नको लागि मन्त्री रावलले नाकाको निरीक्षण गरेका हुन् ।

Siddi ganesh

निरीक्षणका क्रममा  मन्त्री रावलले घर फर्किरहेका नेपालीसँग सिमामा हुने ज्यादतीका बारेमा कुराकानी समेत गरेका थिए ।

Nawadurga
Loading...