Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्ट सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन २ जना प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसनन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगरपालीका भित्रका १३ वटा सडकमा गुणस्तरहिन काम हुँदा पनि भुक्तानी दिएको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको प्रतिवेदन अनुसन्धान गर्दा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाएको अख्तियारको विज्ञप्तिमा बताइएको छ। यसैगरी इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको खुलेको अख्तियारले जनाएको छ।

इन्जिनियर पूर्ण कुँवर, सव इन्जिनियर रामचन्द्र भण्डारी, सव इन्जिनियर नरेन्द्र शाही, सव इन्जिनियर राजेन्द्र भण्डारी, प्राविधिक पूर्वाधारका कार्यालयका ल्याब टेक्निसियन धनबहादुर विष्ट, निर्माण व्यवसायी डम्बर चन्दलाई समेत विपक्षी बनाएर माग दाबी गरिएको छ।

Nawadurga
Loading...