
धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षकमा सोमेन्द्रसिंह राठौर आउने भएका छन्।
प्रहरी उपरीक्षक विश्व अधिकारीको काज सरुवापछि उनको स्थानमा एसपी राठौर कैलाली प्रहरीको कमाण्ड सम्हाल्न आउने भएका हुन्।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कैलालीमा एसपी सोमेन्द्रसिंह राठौरलाई पठाएका हुन्।

















