Attariya Hospital Pvt.Ltd.

अत्तरियामा रहेको अत्तरिया अस्पतालको सेवा आज देखि सुचारु

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा सुबिधा सम्पन्न अत्तरिया अस्पतालले आज देखि आफ्नो सेवा सुचारु गरेको छ । निजी क्षेत्रको लगानीमा अत्तरियाको मुख्य बजार क्षेत्र महेन्द्रनगर रोडमा निर्माण गरिएको अस्पतालले आफ्नो सेवा सुचारु गरेको हो ।

अस्पतालका प्रशासन प्रमुख डिल्ली पाठकले नयाँ बर्षको अवसर पारेर आजदेखि अस्पताल संचालनमा ल्याएको बताए । अस्पताल संचालनका लागि आफ्नै ५ तले सुबिधा सम्पन्न भवन निर्माण गरिएको छ ।

हाल १५ शैय्याको अनुमति पाइसकेको उक्त अस्पतालले १ सय बेड संचालन गर्ने गरी प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

Siddi ganesh

जसमा करिब ११ /११ बेडका आइसियु र एनआइसियु, १६ वटा क्याबिन सहित प्रसुती, जनरल, इमर्जेन्सि र दैविक प्रकोप र महामारीका लागि पनि छुट्टै बेडको व्यवस्था गरिन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालबाट सबै किसिमका डायग्नोष्टिक सेवा, जटिल प्रकारका अपरेशन सेवा समेत प्रदान गर्ने गरी काम अगाडी बढीरहेको प्रशासन अधिकृत पाठकले बताए ।

सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक सबै बिधाका सुविधा पाइने गरी संचालनमा आएको अस्पताल उनले बताए ।

Nawadurga
Loading...