
अत्तरिया – राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समितिले अत्तरियामा एक कार्यक्रमको आयोजना गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको हो ।
समितिका अध्यक्ष लीला बास्कोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकाश राज्य मन्त्री टेक बहादुर रैका रहेका थिए ।

कार्यक्रममा राष्ट्रीय लोक दोहोरी प्रतिष्ठानका पदाधिकारी सहित विभीन्न संघसँस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
सोहि अवसरमा आर्चाय पं। द्रोणाचार्यको संस्कार हो जीवन नामक कृती पनी विमाचन गरिएको थियो ।


















