Attariya Hospital Pvt.Ltd.

मोहन्याल गाउँपालिकाका अध्यक्ष सहित १४ जना बिरुद्द भ्रष्टाचार मुद्दा दर्ता

padma
milan sunchadi

कैलाली – कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष, कार्यवाहक अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासनिक अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त गाउँपालिकाबाट बग्ने खोलाको ढुंगा, गिट्टी र बालुवामा मिलेमतो गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।

मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष स्वर्गीय नवल सिहं रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।

मोहन्याल गाउँपालिका, कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलनसम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएको थियो। तर, मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीचको मिलेमतोमा ठेकदारलाई ५४ लाख १८ हजार ५६८ रुपैयाँ मिनाहा गरिएको थियो।

Siddi ganesh

घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू बडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकर बहादुर शाहसमेतले पहिलो किस्ताबापतको कबोल अंक रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको बताइएको छ। यसैगरी प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँकार्यपालिकाबाट निर्णयसमेत गराई मिनाहा गराएको देखिएको छ।

शाहबाट ५६ लाख ३ सय ४८ रुपैयाँ भराउन माग गरिएको छ। उनलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय मागदाबी गरिएको छ।

 अध्यक्ष रावलको मृत्यु भइसकेको भए पनि भ्रष्टाचार निवारण ऐन तथा मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम उनको हक खाने अंशियारबाट विगो असुलउपर गर्ने प्रयोजनका लागि मागदाबी गरिएको छ।

Nawadurga
Loading...