धनगढी – धनगढीमा एक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पुरुष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ४ का स्थानीय जगत कुँवरलाई ११ वर्षीय बालिकामाथि हातपात गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कुँवरविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता समेत भएको छ। संवेदनशील अङ्गमा छोएर जबरजस्ती गर्न खोजेको भन्दै बालिकाले कुँवरविरुद्ध जाहेरी दिएकी थिइन्।
उनको जाहेरीका आधारमा कुवँरलाई गत चैत ३० गते नै पक्राउ गरिएको थियो। यस्तै घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।