काठमाडाैं – प्रहरीले विभिन्न निकायसँगको समन्वयमा हिजो काठमाडौँको सडक पेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट हिजो खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो।
उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पुर्याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् ।
उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी दिए ।