Attariya Hospital Pvt.Ltd.

बाँकेमा आगलागी हुँदा ११ घरगोठ जलेर नष्ट

padma
milan sunchadi

नेपालगन्ज – बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरमा शुक्रबार आगलागी हुँदा १७ घरगोठ जलेका छन् । आगलागीबाट १३ वटा घर र ४ वटा गोठ जलेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा कृष्ण केसीका अनुसार शुक्रबार दिउँसो करिव ३ बजेतिर एक्कासी आगलागी भएको थियो । आगोलाई नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकलको मद्दतले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दाले नियन्त्रणमा लिन सफल भएका थिए ।

आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । तर, घरमा रहेका महत्वपूर्ण सामान, लत्ता कपडा, खाद्यान्न जलेर नष्ट भएको छ ।  गाउँपालिकाले शुक्रबार बेलुका नै पीडितलाई राहत सामाग्री दिएको छ ।

Nawadurga
Loading...