Attariya Hospital Pvt.Ltd.

बिसुजात्रा हेरेर घर फर्किने क्रममा झगडा हुँदा एक युवकको मृत्यु

padma
milan sunchadi

दार्चुला – दार्चुलामा जात्रा हेरेर घर फर्किने क्रममा झगडा हुँदा एक युवकको मृत्यु भएको छ ।  शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा युवाहरुबिच झगडा हुँदा तल्लोकाडापारीका २५ बर्षीय जगदिश ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नौगाड गाउँपालिकाको सिप्टीमा लागेको बिसुजात्रा हेरेर घर फर्किने क्रममा तल्लाकाडापारीमा शुक्रबार राती युवाहरु बीच झगडा भएको हो ।

शुक्रबार राती ४/५ जना युवाहरुको समूहले जगदिश माथि लगातार आक्रमण गर्दा उनको घट्ना स्थलमै मृत्यु भएको जनाईको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Nawadurga
Loading...