Attariya Hospital Pvt.Ltd.

देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम

padma
milan sunchadi

काठमाण्डाै – देशभर गर्मी बढ्दै गएको छ । तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ ।

गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ । नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेकाे तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । आज पनि बिहानैदेखि घाम चर्किएकाले अधिकतम तापक्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

Siddi ganesh

आज पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना छ । तर, अन्य क्षेत्रको मौसम भने सफा रहने मौसमविद्को भनाइ छ ।

Nawadurga
Loading...