Attariya Hospital Pvt.Ltd.

बझाङमा कांग्रेस जिल्ला सभापति सवार जीप दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

padma
milan sunchadi

बझाङ – नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जिप दुर्घटना भएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए अनुसार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने सभापति बाेहरासहित ३ जना घाइते भएका हुन् । विनोद सभापति बोहराका छोरा हुन् । घाइतेहरुकाे देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । प्रहरीका अनुसार जीप शनिबार राति १२:४० बजे दुर्घटना भएको हो ।

जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । घटनाको थप विवरण आउन बाँकी छ ।

Nawadurga
Loading...