भाउ बढेसँगै सुनको कारोबार घट्याे

Image

काठमाण्डाै – सुनको कारोबार घटेको छ । भाउ बढेसँगै सिजनको बेलामा पनि सुनको कारोबार घटेको हो ।

कोरोना भाइरसको महामारी अघि वैशाख महिनामा सुनको कारोबार दैनिक ५० किलोसम्म हुने गरेको थियो । तर, कोरोनाका कारण पोहोर र परार सालको वैशाखमा सुनको कारोबार ठप्प जस्तै भएको थियो । कोरोनाको जोखिम कम भएसँगै विवाह व्रतबन्ध सुरु भएपछि सुनको कारोबार हुन थालेको थियो ।

अहिले विवाहको लगन भए पनि भाउ बढेका कारण २५ देखि ३० प्रतिशतले कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विवाह, व्रतबन्धकाे लगन भएका बेला दैनिक ५० किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले २५ देखि ३० प्रतिशतले घटेको महासङ्घले जनाएको छ ।

यस्तै, आयात रोकिँदा अहिले बैंकमा सुनको मौज्दात सकिएको छ । गएको चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात रोकिएको हो ।