Attariya Hospital Pvt.Ltd.

९ गतेबाट हुने एसईई परिक्षामा जापानबाट १९ विद्यार्थी सहभागी हुने

padma
milan sunchadi

काठमाडौं – यो वर्ष जापानमा सञ्चालित विद्यालयमा पनि एसईई हुने भएको छ । जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनेछ ।

परीक्षाको लागि प्रश्नपत्र अनलाईनमार्फत पठाउने तयारी रहेको र परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । केन्द्राध्यक्ष भने विद्यालय र बोर्डबीच छलफल गरेर तोकिएको छ । तोकिएको केन्द्राध्यक्षलाई भर्चुअल प्रशिक्षण दिइएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

विद्यालयमा एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो भने यो वर्ष राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार हुनेछ । एसईईमा १९ जना विद्यार्थी सहभागी हुने स्कुलका नेपाल संयोजक जयनन्द कपाडीले जानकारी दिए । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।

Siddi ganesh

विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउने संयोजक कपाडीले बताए । ९० प्रतिशत विद्यार्थी नेपाली मुलका र बाँकी जापानिज, भारतीय तथा दक्षिण एसिया मुलका विद्यार्थी रहेको संयोजक कपाडीले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सञ्चालन गर्दैछ । ९ वैशाखदेखि सुरु हुने परीक्षाका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो ।

विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण गरेको बोर्डले यो वर्ष भने भौतिक रुपमा परीक्षा गर्न लागेको हो ।

Nawadurga
Loading...