
कञ्चनपुर – श्रीमती माइत गएको भन्दै कञ्चनपुरमा एकजनाले छिनाले आफ्नै खुट्टा छिनालेका छन् । शुक्लाफाँटा नगरपालिका ७ शान्तिपुरका अन्दाजी ४२ वर्षका गणेश लुहारले आइतबार आफ्नै खुट्टा छिनालेका हुन्।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार छिमेकीको नल्का (ट्युबवेल) मा लुहारले आफैंले बञ्चरो हानेर आफ्नो खुट्टामा काटेका हुन्। लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको छ।

लुहारले आफैँले बञ्चरो प्रहार गरी आफ्नै खुट्टा काटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लुहारको महाकाली अस्पताल महेन्द्रनगरमा उपचा भइरहेको जनाईएको छ ।
लुहारकी श्रीमती केहि दिनदेखि २ छोरीसहित माइतमा बस्दै आएकी छन्। माइतमा श्रीमतीसँग झगडा गरेर घर फर्केका उनले खुट्टा छिनालेका हुन्।














