बझाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प

Image

बझाङ – बझाङमा आज विहानै भूकम्पको धक्का महसुस गरिएको छ।

बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको पराकम्प गएको छ। बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।