काँक्रेविहारमा राखिएको हिमाली गिद्धलाई नवलपरासी पठाइयो

Image
maya metro

सुर्खेत – काँक्रेविहार संरक्षित वन क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेकाे हिमाली गिद्धलाई नवलपरासी पठाइएको छ।

गिद्धको थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासीको कावासोती स्थित जटायु रेष्टुरेन्टमा पठाइएको डिभिजन वन कार्यालयले जनाएको छ।

nisarga

सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा फेला परेका गिद्धलाई वन कार्यालयले उद्धार गरी चैत ४ गते काँक्रेविहार क्षेत्रमा छाडेको थियो।

काँक्रेविहारको मूल गेटमा राखिएको गिद्धको उपचार तथा स्याहार–सुसार स्थानीय युवाहरुले गर्दै आएका थिए।

डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी सूर्यप्रसाद शर्माले गिद्धको हेरचाह गर्दै आएका वीरेन्द्रनगर–९ का स्थानीय नवराज बोहराको जिम्मा लगाएर कावासोती पठाइएको बताए।

गिद्धलाई सुरुमा वन कार्यालयले आफ्नो संरक्षणमा राखेको थियो तर आहारको कमी हुन थालेपछि काँक्रेविहारको जङ्गलमा छाडिएको थियो ।

रासस