खुटिया–दीपायल सडकको ट्रयाक खुल्यो

Image

धनगढी – निर्माण सुरु भएको १४ वर्षपछि  खुटिया–दीपायल द्रुतमार्गको ट्रयाक खुलेको छ। संघीय सरकारले योजना कार्यालय स्थापना गर्दै निर्माण गरिरहेको सडकको ट्रयाक खुलेको हो। योजना प्रमुख लक्ष्मण रावलले धनगढीदेखि दीपायलसम्म ८५ किलोमिटर ट्रयाक खोलिएको बताए।

 धनगढीदेखि दीपायलसम्म फास्ट ट्रयाक नै भएर गाडी चलाउन मिल्ने गरी सडक तयार भइसकेको जनाईएको छ ।अहिले पनि ८ वटा ठेक्का चालू अवस्थामा छन् भने केहीकाे अवधि सकिएको छ।

‘६ वटा ठेक्कामार्फत सडक सुधारको काम भइरहेको छ भने बाँकी दुई ठेक्कामार्फत कालोपत्रेको काम थालिएको छ भने धनगढीदेखि कैलाली खण्डमा १३ किलोमिटर र डोटीमा ९ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भइसकेको हो।’

१४ वर्षपछि पूरा हुँदै सडक सपना
२०६५ सालमा धनगढीका केही युवाहरुले विभिन्न संस्थाहरुको सहयोगमा कैलालीको खुटियादेखि दीपायल जोड्ने सडकको सर्भे गरे। धनगढी–डडेल्धुरा–डोटीको सडकभन्दा आधा छोटो हुने देखिएपछि द्रुतमार्गको रुपमा अगाडि बढाउने योजना भयो।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमा पनि खुटिया–विपिनगर–दीपायल सडक अटायो। बजेट भाषणको १६९ नम्बरमा भनिएको थियो, ‘खुटिया–विपिनगर–दीपायल सडकसहित देशका सात वटा लोकमार्ग सर्भेक्षण गरी सुरुङ्गमार्ग निर्माण प्रारम्भ गरिने छ।’

उपभोक्ता समितिमार्फत उक्त सडक निर्माण गर्न सम्भव नभएपछि नेपाल सरकारले नै २०६६/०६७ बाट वार्षिक नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा उक्त योजनालाई समावेस गरेको थियो। त्यस यताका अधिकांश वार्षिक नीति, कार्यक्रम तथा बजेटमा उक्त योजनाले स्थान पायो। तर कामले भने गति लिन सकेन।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमा पनि खुटिया–विपिनगर–दीपायल सडक अटायो। बजेट भाषणको १६९ नम्बरमा भनिएको थियो, ‘खुटिया–विपिनगर–दीपायल सडकसहित देशका सात वटा लोकमार्ग सर्भेक्षण गरी सुरुङ्गमार्ग निर्माण प्रारम्भ गरिने छ।’

सुरुङमार्गको योजना अगाडि नबढे पनि द्रुतमार्गअन्तर्गत ट्रयाक खुलेपछि कैलालीको पहाडी क्षेत्र, डोटी, अछाम, बाजुराका बासिन्दालाई सहज हुने अपेक्षा गरिएको छ। ट्रयाक खुलेसंगै कैलाली र डोटीमा द्रुतमार्गको सपना बुन्दै बनाएका बगैंचामा फलेका कृषि उपजले बजार पाउने अपेक्षा पनि गरिएको छ।

यद्यपी सडक निर्माणका क्रममा पटकपटक स्वामित्व विवाद पनि देखिएको थियो। संघीय सरकारले ०७५ मंसिर ४ गते सडक निर्माणको जिम्मा प्रदेश सरकारलाई दिएको थियो। तर त्यसको दुई महिनापछि माघ २१ गते संघीय सरकारले उक्त योजना खोसेको थियो।

मुख्यमन्त्रीद्वारा अनुगमन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी–दीपायल द्रुतमार्गको अनुगमन गरेका छन्। भट्टले द्रुतमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ क्षेत्रमा अनुगमन गर्दै गट्रयाक खोल्ने काम सम्पन्न भएको बताउदै चौडा बनाउदै सडक व्यवस्थित गर्ने काम छिट्टै हुने बताए ।

 उनले गत वर्ष नै ट्रयाकको काम सम्पन्न भइसक्नु पर्नेमा केही ढिलाई भएको बताए । ‘नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा राख्दै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने हो,’ ०७५ कात्तिकमा दु्रतमार्गको कैलाली खण्ड अनुगमन गर्ने क्रममा मुख्यमन्त्री भट्टले भनेका थिए, ‘आगामी जेठ महिनाभित्रै धनगढीदेखि दीपायलसम्म यातायात सञ्चालन हुन्छ।’

साभार