Attariya Hospital Pvt.Ltd.

नेपाली कांग्रेसकातर्फबाट गोदावरीको मेयरमा विर बहादुर चोखालको दावी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाको मेयरमा नेपाली कांग्रेसकातर्फाबाट गोदावरीको मेयरमा विर बहादुर चोखालले दावी पेश गरेका छन् । कांग्रेस गोदावरीको नगर सभापती समेत रहेका चोखालले आज नगर समितिको कार्यालयमा आफ्नो दावी पेश गरेका हुन् ।

उनले आफुले गोदावरी नगरपालीका वडा नम्बर ६ को वडा अध्यक्षको कार्यकाल सफलतापुर्वक सम्पन्न गरेकाले आफु अब मेयरकालागी तयार भएको बताएका छन् । जनप्रतिनिधीकारुपमा आफुले वडामा विकासको मापदण्ड तयार गरिसकेकाले अब नगरमा आउन चाहेको उनले बताएका छन् ।

आफुले जितेमा आफ्नो ५ वर्षे कार्यकालमा भएका कमीकमजोरीहरुलाई समेत सच्याउँदै अघी बढ्ने उनले बताएका छन् । चोखाल २०४० सालदेखी नेपाली कांग्रेसको राजनीतीमा सक्रीय रहेका छन् ।

Nawadurga
Loading...