डोटीमा एक पुरुष मृत फेला

Image
maya metro

डोटी – डोटीमा एक पुरुष मृत फेला परेका छन्। पूर्वीचौकी गाउँपालिका–७ पोखरी बस्ने ५५ वर्षीय दिलबहादुर बडेला मृत फेला परेका हुन्।

वैशाख २ गतेदेखि बेपत्ता भएका उनको शव सोही वडाको दाडीया भिरमुनि सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

nisarga

उनको खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।