Attariya Hospital Pvt.Ltd.

धनगढीका मेयर वडसहित जनप्रतिनिधिद्वारा सवारी फिर्ता

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीका जनप्रतिनिधिले सवारीसाधन सुविधा फिर्ता गर्न शुरु गरेका छन् ।आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गर्न सुरु गरेका हुन् ।

nawajiwan

नगर प्रमुख नृपबहादुर वडले आफूले प्रयोग गर्दै आएको सेतो नम्बर प्लेटको बा।२ च। ३८९२ नम्बरको स्कारफियो प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई मंगलबार बुझाउने तयारी गरेको बताए । उनले यसअघि प्रयोग गर्दै आएको बा।प्र ००१–०२६ च ४२०२ नम्बर प्लेटको गाडी यस अघि उपमहानगलाई बुझाई सकेका छन् । नगर प्रमुख वड दोश्रो कार्यकालका लागि पुनः नेपाली काँग्रेसको तर्फवाट धनगढी उपमहानगरपालिकाको मेयर पदका प्रमुख दावेदार हुन् ।

आफुले प्रयोग गर्दै आएको सवारी सधान फिर्ता गर्न उपमहानगरपालिकाका १९ वटै वडाका अध्यक्षलाई समेत निर्देशन दिइसकेको नगर प्रमुख वडले बताए ।
यस अघि वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराल र वडा नम्बर ४ का अध्यक्ष दिपककुमार थापा क्षेत्रीले आफुले प्रयोग गर्दै आएको मोटरसाईकल सोमबार उपमहानगरपालिको जिन्सी शाखामा फिर्ता गरेका थिए ।

Siddi ganesh

वडा अध्यक्ष बरालले से १ ब ६०८ र थापा क्षेत्रीले से १ ब ६०४ नम्बरको मोटसाईकल प्रयोग गर्दै आएका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.