Attariya Hospital Pvt.Ltd.

अत्तरियामा जथाभावी सवारी पार्किङ गरे ‘ह्वील लक’

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा जथाभावी पार्किङ गर्ने सवारीमा ह्वील लक (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सुरु गरिएको छ ।

प्रदेश ट्राफीक प्रहरी अत्तरियाले बजार क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारीमा ह्वील लक लगाउन सुरु गरेकोहो । बजार क्षेत्रमा जथाभावी हुने पार्किङ नियन्त्रणकापार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य सुरु गरिएको प्रदेश ट्राफीक प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् प्रवत्ता रण बहादुर विष्टले जानकारी दिए ।

उनले आज अत्तरिया चौराहमा अव्यवस्थीत पार्किङ गरिएका ७ ओटा सवारीसाधनमा ह्वील लक लगाईएको बताए । ह्वील लक लगाईएपछी कार्वाहीस्वरुप पाँच सयदेखी पन्ध्र सयसम्म जरीवाना तोकिएको उनले बताए ।

Nawadurga
Loading...