Attariya Hospital Pvt.Ltd.

पर्वतारोहण गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि, ७२ देशका ८ सय जनाले लिए अनुमति

padma
milan sunchadi

काठमाडौं – गत वर्ष (सन् २०२१) को तुलनामा यस वर्ष पर्वतारोहण गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो एक हप्तामा थप १ सय ११ जनाले हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसवर्ष हालसम्म ८०० जनाले पर्वतारोहरणको अनुमति लिइसकेका छन्। गत वर्ष वसन्त याममा ७ सय ४२ जनाले अनुमति लिएका थिए।

यस वर्ष देशभरका विभिन्न २३ हिमालमा ९८ समूहका आरोहण दल चढ्नेछन्। जसमा नेपालसहित ७२ मुलुकका ६ सय २६ जना पुरुष र १ सय ७४ जना महिला छन् । पर्वतारोही हरुबाट मंगलबारसम्ममा ४२ करोड ९४ लाख ६२ हजार २ सय ८६ रुपैंया रोयल्टी प्राप्त भएको विभागले जनाएको छ।

Nawadurga
Loading...