Attariya Hospital Pvt.Ltd.

कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

padma
milan sunchadi

अत्तरिया – कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।मोहोन्याल गाउँपालिका – ५ मा मिनीट्रक दुर्घटना हुँदा चालक गौरीगंगा नगरपालिका ४ बस्ने छम्मन प्रसाद सापकोटाको मृत्यु भएको हो ।

१ क ४०७ नम्बरको मिनीट्रक सिंहासन सामुदायीक वनको कच्ची सडकमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

दुर्घटनामा स्थानीय गोविन्द गुरुङ घाइते भएका छन । उनको नवजिवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Loading...