Attariya Hospital Pvt.Ltd.

एनएनएसडब्ल्यूएद्वारा गड्डाचौकी र गौरिफन्टा नाकामा सीसीटीभी क्यामरा जडान

padma
milan sunchadi

कञ्चनपुर – नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले गड्डाचौकी र गौरिफन्टा नाकामा सीसीटीभी क्यामरा जडान गरेको छ। एनएनएसडब्ल्यूए-ले “कोभिड-१९ विरूद्ध द्रुत प्रतिक्रिया र पूर्वतयारी निम्ति आइसोलेशन केन्द्र र सीमानाकाको सवलीकरण मार्फत प्रभावकारी केश व्यवस्थापन” (इको/आईओएम) परियोजनाअन्तर्गत दुवै नाकामा ४/४ थानका दरले ८ थान क्यामरा जडान गरेको हो। (इको/आईओएम) परियोजना युरोपेली आयोग डीजी इको-को आर्थिक सहयोग, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को कार्यान्वयन तथा सेव द चिल्ड्रेन अन्तर्राष्ट्रिय (एससीआई) को साझेदारीमा एनएनएसडब्ल्यूए-द्वारा संचालन भइरहेको छ।

परियोजनाका संयोजक पाण्डव पुजाराले आप्रवासी तथा हेल्थ डेस्कको समग्र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीसीटीभी क्यामरा जडान गरिएको बताए। “नाकामा आप्रवासीहरू लुटिने, ठगिने तथा दुर्व्यवहारमा पर्ने सम्भावना उच्च छ।” उनले भने, “यी र यस्ता घटनाहरूको निगरानी, नियन्त्रण र कारवाही गर्न सहज होस् भन्ने उद्देश्यले सीसीटीभी क्यामरा जडान गरेका हौँ।”

डोके बजार हेल्थ डेस्कका इन्चार्ज गणेश साँउदले सीसीटीभी क्यामरा जडान भएसँगै थप सुरक्षित महशुस भएको बताए। “नाकामा चोरीका घटना र सामग्रीहरूको दुरुपयोग हुने गरेको थियो।” उहाँले भन्नुभयो, “सीसीटीभी क्यामराको सहायताले अब सीमानाकाबाट हुने चेलीबेटी बेचबिखन, मानव तस्करी लगायतका घटनाहरूको नियन्त्रण तथा रोकथाममा समेत सहजता हुन्छ।”

Siddi ganesh
sudur last

स्थानीय पालिका र जिल्ला प्रशासन कार्यलयसँगको समन्वयमा दुवै नाकामा सीसीटीभी क्यामरा जोडिएको हो। हेल्थ डेस्क इन्चार्ज, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँग छलफल गरी नाकामा आवश्यक स्थानमा क्यामरा जडान गरिएको छ भने, क्यामराको नियन्त्रण लागि सशस्त्र प्रहरी बलको अस्थाई भवनमा मोनिटर राखिएको छ।

परियोजनाअन्तर्गत आप्रवासीहरूको यात्रालाई सहज बनाउन यसपूर्व भीमदत्त नगरपालिका, गड्डाचौकी नाका, पुनर्वास नगरपालिका, र गौरीफन्टा नाकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। कोरोनासम्बन्धी जनचेतनाका लागि एलईडी डिस्प्ले बोर्ड जडान गरिएको छ। सोलार प्यानल तथा वाईफाईको सुविधा राखिएको छ। आप्रवासीहरूका गुनासा सम्बोधन गर्न सुझाव पेटिका राखिएको छ।

त्यसैगरि समस्यामा परेका आप्रवासीहरूलाई सहयोग गर्न रेफरल मेकानिज्म (सहयोगका लागि अन्य संस्थामा पठाउने) काम सुरू गरिएको छ भने, दुवै नाकामा खानेपानीको धारा, लैङ्गिक तथा अपाङ्ग मैत्री शौचालय, नुहाउने कोठा, स्तनपान केन्द्र तथा प्रतिक्षालय लगायतका भौतिक संरचनाहरूको निर्माण कार्य समेत सुरू भएको छ।

साभार गरिएको

Nawadurga
Leave A Reply

Your email address will not be published.