Attariya Hospital Pvt.Ltd.

लालपुर्जा प्राप्त गर्न कांग्रेस सरकार अनिवार्य : भुमी आयोग कैलाली अध्यक्ष उपाध्याय

padma
milan sunchadi

अत्तरिया – भुमी आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले लालपुर्जा प्राप्त गर्नकालागी नेपाली कांग्रेसको सरकार अनिवार्य भएको बताएका छन् । बुधबार नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासिले लालपुर्जा पाउनकालागी सबै स्थानीय तहमा कांग्रेसको सरकार अनिवार्य भएको बताएका हुन् ।

कैलालीका ५ ओटा पालीकामा भुमी आयोगले काम सुरु गरिसकेको बताँउदै उनले अन्य पालीकामा समेत छिटै आरम्भ गर्ने बताए । पहिलो चरणमा भुमीहिन दलीतलाई निशुल्क पुर्जा उपलब्ध गराउने कार्य भईरहेको पनी उपाध्यायले बताएका छन् । दलीत र सुकुम्बासीलाई निशुल्क पुर्जा वितरण गरिने बताँउदै उनले अव्यवस्थीत बसोबासीले भने पुर्जा लिनकालागी केहि रकम राजस्व तिर्नुपर्ने बताएका छन् ।

उनले हाल गोदावरी नगरपालीकाका दुइ ओटा वडाहरु वडा नम्बर २ र वडा नम्बर ५ मा नापीको काम भईरहेको बताएका छन् ।

Nawadurga
Loading...