Attariya Hospital Pvt.Ltd.

छाङ्गरु र तिङ्कर मतदानकेन्द्र निरीक्षण

padma
milan sunchadi

दार्चुला – जिल्लाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ। जिल्ला सुरक्षा समितिले हेलिकप्टर प्रयोग गरी आज छाङ्गरु र तिङ्कर मतदानस्थलका साथै नेपाली सेनाको निर्माणाधिन क्याम्प निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा व्यास गाउँपालिका वडा नं १ छाङ्गरु र तिङ्करमा मतदान केन्द्रको अवस्था, मतपेटिका ढुवानी, कर्मचारी ढुवानीलगायतको विषयमा जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। छाङ्गरुमा हेलिकप्टर अवतरण गरेर मतदानस्थल निरीक्षण गरिएको उनको भनाइ थियो। उनको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख हेलिकप्टरमार्फत छाङ्गरु पुगेका थिए। मतदानस्थलको निरीक्षणसँगै तिङ्करमा प्रहरीचौकी र सशस्त्र प्रहरीको बीओपी स्थापनालगायत विषयमा पनि जानकारी लिइएको थियो।

नेपालबाटै स्थलगत छाङ्गरु र तिङ्कर जान नसकिने भएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाउने र भण्डारणलगायत सुरक्षा अवस्थाबारे जानकारी लिइएको गरिएको प्रजिअ उपाध्यायले बताए। नेपालतिरबाट हिँडेर जानसमेत पैदल गोरेटो बाटो छैन्। अप्ठ्यारो गरी जाने हो भने पाँच–छ दिन छाङ्गरु र तिङ्कर पुग्न समय लाग्छ। वडा नं १ मा दुई वटा मतदान केन्द्र छन्। छाङ्गरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ र तिङ्करस्थित मोति महिला सङ्घ आधारभूत विद्यालयमा २३१ मतदाता छन्।

Siddi ganesh

यहाँका स्थानीय निकायमा वैशाख १३, १४ र १५ गते कर्मचारी सदरमुकाम खलङ्गा, छाङ्गरु र तिङ्कर उक्लिने तयारीमा छन्। व्यासी सौका समुदायको दोहोरो बस्तीभएका कारण कहिले खलङ्गा र कहिले छाङ्गरु वा तिङ्करमा मतदान हुने गर्दछ। उनीहरुको बसाइँ सर्नुअघि त्यहाँको मतदानस्थल, कर्मचारी पठाउन निरीक्षण गरिएको होे।

निर्वाचन अधिकृतको कार्यालय खुले

स्थानीय तहको निर्वाचनका लागि दार्चुलाका ९ वटै स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय खुलेका छन्। वैशाख ३० गते स्थानीय तहमा निर्वाचनका लागि ती कार्यालय खुलाइएको हो।
यो पटक निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा सशस्त्र प्रहरी बलले पाएको छ। नौ वटै स्थानीय तहमा निर्वाचन अधिकृतसँगै सशस्त्र प्रहरीको टोली खटिएको छ। ९ वटै स्थानीय तहमा मतदान केन्द्र खुलेसँगै मतदाता नामावली पनि सार्वजनिक गरिएको छ।

छाङ्गरुमा सेनाको क्याम्प राख्ने तयारी
व्यास गाउँपालिका–१ छाङ्गरुमा नेपाली सेनाको क्याम्प राख्ने तयारी गरिएको छ। निर्माणाधीन दार्चुला –तिङ्कर सडक निर्माणका लागि सेनाको क्याम्प छाङ्गरुमा राख्ने तयारी गरिएको हो। क्याम्प राख्ने विषयमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसँगै सुरक्षा निकायका प्रमुख नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु पनि पुगेका थिए। उनीहरुले अहिले सेनाले निर्माण गरिरहेको सडकको हवाई निरीक्षणसमेत गरेका थिए।

नेपाली सेनाले व्यास गाउँपालिका–३ सीनादेखि तिङ्करसम्मको ८२ किलोमिटर सडक निर्माणको जिम्मा पाएकाले यो क्षेत्रमा चालु आर्थिक वर्षदेखि सडक निर्माण सुरु भएको छ।

माथिल्लो क्षेत्रबाटसमेत सडकको काम गर्न छाङ्गरुमा सेनाको क्याम्प राख्ने जमिनको अवस्थासमेत अवलोकन गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए। सेनाले अहिले व्यास गाउँपालिका–२ मा सडक निर्माणको काम गरिरहेको छ। केपी शर्माओली प्रधानमन्त्री भएका बेला महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङ्कर सडकखण्डको ८७ किलोमिटर सडक निर्माणका लागि सेनालाई जिम्मेवारी दिइएको थियो। यो सडकमा आर्थिक वर्ष २०६५/६६ देखि निर्माण थालिएको थियो।
रासस

Nawadurga
Loading...