अत्तरिया – नेपाल राहत शिक्षक गोदावरी नगर समितिको दोस्रो नगरअधिवेशन सम्पन्न भएको छ । शनिवार कैलालीको अत्तरियामा नगर समितिका अध्यक्ष राजबहादुर कडायतको सभापतित्वमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह अध्यक्ष नविन सिंह धामी प्रमुख अतिथी रहेका थिए ।
अधिवेशनमा बोल्दै धामीले राहत शिक्षकहरुलाई आन्तरीक प्रतिष्पर्धाबाट स्थाइत्व गर्नुपर्ने बताए । उनले वर्षौदेखी आफुहरुले सरकारलाई उत्त माग सौर्हाद वातावरणमा राख्दै आएको भएपनी सुनुवाइ नभएको बताए । राहत शिक्षकले अहिलेको समयमा पाँउदै आएको सेवा सुविधाकालागी पनी नेपाल राहत शिक्षक समितिले ठुलो संर्घष गरेको भन्दै फेरी एकपटक आन्तरीक प्रतिष्पर्धाबाट स्थाइत्वको माग राख्दै आन्दोलमा होमीनुको विकल्प नरहेको बताए ।
अहिलेको समयमा राहत शिक्षकले जुन सेवा सुविधा पाँउदै आएका छन् त्यसकालागी पनी नेपाल राहत शिक्षक समितिको ठुलो संर्घष छ धामीले भने “तिनै तहका सरकारसंग हामीले ठुलो लडाँइ गरेका छौँ, अझै एकपटक खट्नुपर्ने बेला आएको छ । ” राहत शिक्षकको यो मुद्धामा एकजुट भएर हरेक कार्यक्रममा उपस्थीती जनाउन पनी उनले सबै राहत शिक्षकलाई आग्रह गरे ।
राहत शिक्षकलाई उमेर छन्जेलसम्म सेवामा लगाएर उमेर सकिएपछी खाली हात घर जान बाध्य पारेको उनको भनाई थियो । हामीले कुनै अराजक माग राखेका छैनौँ उनले भने “आफ्नो जीवनकालभरी राज्यकालागी खटीएको एक शिक्षकलाई उमेर सकिएर बिदा हुने बेला रित्तो हात फर्किन नपरोस भन्ने हाम्रो माग हो र त्यसकालागी आन्तरीक प्रतिष्पर्धाबाट स्थाइत्व दिनुको विकल्प रहँदैन ।” नेपाल राहत शिक्षक गोदावरी नगरसमिति सचिव कविराज भट्टले सञ्चालन गरेको कार्यक्रममा नेपाल राहत शिक्षक कैलालीका जिल्ला अध्यक्ष सहितका पदाधिकारी ,नेपाल राहत शिक्षक कञ्चनपुरका जिल्ला अध्यक्ष लगाएत गोदावरी नगरपालीकामा रहेका राहत शिक्षकहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा नेपाल राहत शिक्षक गोदावरी नगर समितिका अध्यक्ष राजबहादुर कडायतले सांगठीक प्रतिवेनल प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष पुष्पा जोशीले आर्थीक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । गोदावरी नगरपालीकाभित्र जम्मा १३८ जना राहत शिक्षक रहेका छन् । २०७४ सालमा स्थापना भएको नेपाल राहत शिक्षक गोदावरी नगर समितिले राहत शिक्षकको हकहितकालागी वकालत गर्दै आएको छ ।