अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा गठबन्धनको निर्णयप्रति नेकपा माओवादी केन्द्रले असन्तुष्टी जनाएको छ । गोदावरी नगरपालीकाका प्रमुख र उपप्रमुख दुवै पदबाट बञ्चीत गराएको भन्दै नेकपा माआवादी केन्द्र गोदावरी नगरकमिटिले असन्तुष्टी जनाएको हो ।
शनीबार बेलुकी प्रेस विज्ञप्ती जारी गर्दै नेकपा माआवादी केन्द्र गोदावरी नगरकमिटिले एकल रुपमा उम्मेदवारी दिने घोषणा गरेको हो ।
आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला गठबन्धनका नाममा सामरकि महत्व भएको गोदावरी नगरपालीकामा २०७४ सालको निर्वाचनमा गठबन्धन घटक मध्य दोस्रो स्थान हाँसील गरेको तथ्य रहँदा रहँदै वर्तमान अवस्थामा पनी गोदावरी नगरपालीकामा पार्टीको सांगठनीक अवस्था सुदृढ एवंम शसक्त रुपमा व्यवस्थीत रहेको अवस्थामा गठबन्धनका नाममा नेकपा माओवादी केन्द्रलाई प्रमुख ,उपप्रमुख पदमा समेत संलग्न नगराउने षडयन्त्र भएकाले हाम्रो पार्टी गोदावरी नगरकमिटिको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तीमा भनीएको छ । यस नगरपालीमा हाम्रो एकमत निर्णयकासाथ पार्टीको नेतृत्वमा एकल रुपमा निर्वाचन प्रकृयामा अघि बढ्ने निर्ण यसै विज्ञप्ती मार्फत सार्वजनीक गर्दछौँ”पार्टीका नगरकमिटि अध्यक्ष धर्मसिंह कुँवर तथा सचिव मदन कठायतद्धारा जारी विज्ञप्तीमा भनीएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा तीन दलीय गठबन्धन भएको थियो । जस्मा कैलालीका ७ पालीका कांग्रेस,दुई ४ पालीका माओवादी तथा दुई पालीका एकिकृत समाजवादीको भागमा परेका थिए । गोदावरी नगरपालीकामा प्रमुख कांग्रेस तथा उपप्रमुख एकिकृत समाजवादीको भागमा परेको छ ।