Attariya Hospital Pvt.Ltd.

स्थानीय तहमा महिला प्रतिनिधित्व घट्ने

padma
milan sunchadi

काठमाडौँ – स्थानीय निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा कम हुनेभएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रविष्ट सूचीबमोजिम कुल उम्मेदवारको करिब ३८ प्रतिशत मात्रै महिला उम्मेदवार छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवार महिलाको सम्मानजनक उपस्थितिका लागि आयोगले दलहरूलाई पटक पटक आग्रह गरे पनि व्यवहारमा त्यसो हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । २०७४ को निर्वाचनमा उम्मेदवारको अन्तिम नामावलीबमोजिम ५७ हजार ८४३ उम्मेदवार महिला थिए । तीबाट करिब ४१ प्रतिशत उम्मेदवार महिला निर्वाचित भएका थिए तर यस वर्ष उम्मेदवारी नै निकै कम परेको छ । आयोगका अनुसार मङ्गलबार बेलुकीसम्म एक लाख ४९ हजार ४९० जना उम्मेदवारको नाम आयोगमा प्रविष्ट भएकोमा ५६ हजार ४७७ महिला छन् । कानुनले प्रत्येक वडामा अनिवार्य गरेका एक÷एक जना महिला सदस्य र दलित महिला सदस्यमा ४९ हजार १५४ उम्मेदवारी परेको छ । उक्त व्यवस्थाबमोजिम देशभरिका छ हजार ७४३ वडामा १३ हजार ४८६ महिला अनिवार्य निर्वाचित हुनेछन् ।

७५३ स्थानीय तहका प्रमुख वा अध्यक्षका लागि छ हजार ८४३ को उम्मेदवारी परेको छ । स्थानीय तहको अध्यक्ष वा प्रमुखमा ४५८ जना महिला उम्मेदवार छन् । पालिका प्रमुखका लागि छ हजार ३८५ उम्मेदवार पुरुष छन् । उपाध्यक्ष वा उपप्रमुखमा भने एक हजार २१० जना उम्मेदवार पुरुष छन् भने तीन हजार ३१३ जना महिलाले उम्मेदवारी दिएका छन् ।

Siddi ganesh

 दलहरूबीच तालमेल हुँदा एउटै दलले प्रमुख र उपप्रमुख दुवैमा उम्मेदवारी दिएन । गठबन्धन हुँदा दलहरूले सिट बाँडफाँट गर्दा एक दलले प्रमुख र अर्कोले उपप्रमुखमा उम्मेदवारी दिने गरी सहमति हुन पुग्यो । “प्रमुख वा उपप्रमुखमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था कार्यान्वयन हुन नसक्नुको एक प्रमुख कारण महिला नेतृत्व घटेको जनाईएको छ ।

Nawadurga
Loading...