डोटीमा चुनावी प्रचारमा हिँडेका दम्पत्तिमाथी बदेलको आक्रमण

Image

डोटी – डोटीमा चुनावी प्रचारमा हिँडेका दम्पत्तिमाथी बदेलले आक्रमण गरेको छ । सोमबार जिल्लाको जोरायल गाउँपालिकास्थित पत्तडामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्रबाट वडा महिला सदस्यकी उम्मेदवार शान्ति चुनाराको दम्पत्तिमाथि जंगली बदेलले आक्रमण गरेको हो।

आक्रमणबाट शान्ति र उनका श्रीमान केशब चुनारा घाइते भएका छन्। .उनीहरु मत माग्न पत्तडा गाँउमा जाने क्रममा बँदेलले आक्रमण गरेको जनाईएको छ । उनीहरुलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।