बैतडीमा कोदालो प्रहार गरी युवकको हत्या

Image
maya metro

बैतडी – बैतडीमा कोदालो प्रहार गरेर एक युवकको हत्या भएको छ। शुक्रबार जिल्लाको डिलाशैनी गाँउपालिका-७ स्थित मनेकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले कोदालो प्रहार गरेर हत्या गरेका हुन्।

दिउसो करिव साढे १ बजेतिर पानीको विषयमा विवाद हुँदा विरेन्द्रले कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले बताए। मृततक ऐरकी श्रिमतीले लुगा लुगा धुने बेलामा विरेन्द्रले पानी बन्द गरेपछि विवाद भएको थियो। विवाद बढेपछि विरेन्द्रले श्यामको छातीमा कोदालो प्रहार गरेका थिए।

nisarga

अहिले मृतक श्यामको शव पोस्टमार्टमका लागि स्थानीय गोकुलेश्वर अस्पतालमा लगिएको प्रहरीले बताएको छ। यस्तै कोदालो प्रहार गर्ने विरेन्द्रलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।