Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम मेरो जन्मथलो हो,गठबन्धनको जित भए सुदूरपश्चिममा सबैभन्दा बढी बजेट विनीयोजन गर्छु :देउवा

padma
milan sunchadi

अत्तरिया – नेपाली कांग्रेसका सभापती एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनको जित भएमा सुदूरपश्चिममा सबैभन्दा बढी बजेट विनीयोजन गर्ने बताएका छन् ।

सोमबार धनगढीमा पाँच दलीय गठबन्धनद्धारा आयोजीत चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनको जित भएमा सुदूरपश्चिममा सबैभन्दा बढी बजेट विनीयोजन गर्ने बताएका हुन् ।

सुदूरपश्चिम मेरो जन्मथलो हो देउवाले भने “पहिलेको समयमा हामीले बाटो नभएकै कारण कर्णाली पारी समेत जान सकिने अवस्था थिएन,विगतका दिनमापनी ठुला विभीन्न पुल सहित विकास निर्माणका थुर्पै काम गरेको छु,यस्पटक जितेमा सुदूरपश्चिमकालागी सबैभन्दा बढी बजेट विनीयोजन गर्छु ।”

Siddi ganesh

उनले खुटीया दिपायल सडकको कामलाई अघि बढाउने पनी बताएका छन् ।

एमालेले जितेमा अध्यक्ष ओलीले फेरी पनी पटकपटक संसद भंग गर्ने भन्दै उनले यो निर्वाचनमा कांग्रेस सहित गठबन्धनलाई निर्वाचित गराईदिनपनी आग्रह गरेका छन् ।

Nawadurga
Loading...