गौरीगंगा,५ मा युवा उम्मेदवार भाटको प्रतिवद्धता : सडक बत्तिको व्यवस्थादेखी चोकमा सीसी क्यामेरासम्म

padma

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालीका वडा नम्बर ५ मा अध्यक्षका युवा उम्मेदवार विष्णु भाटले सडक बत्तिको व्यवस्थादेखी चोकमा सीसी क्यामेरा जडान सम्मका प्रविद्धता जाहेर गरेका छन् ।

Shikhar Dental

नेपाली कांग्रेसबाट वडा अध्क्षका उम्मेदवार रहेका उनले घरदैलोका क्रममा देखीएका वडाबासीका हरेक समस्याहरु समाधान गर्ने बताएका छन् । घरदैलो गर्दा नदी कटान रोक्नकालागी तटबन्ध,बिजुलीको थ्री फेज लाईनको माग,खानेपनी,सिँचाइ सुविधा लगायतका समस्या स्थानीयले माग राखेको भाटले बताएका छन् । उनले वडा अध्यक्षमा आफु निर्वाचित भएमा यी सबै समस्यालाई प्राथमिकतामा राखेर अघी बढ्ने बताएका छन् ।

स्वास्थय बिमाको सवालमा नागरीकको आर्थीक अवस्थाको बोरेमा बुझी क्याटेगोरीका आधारमा निशुल्कदेखी निश्चति रकम छुट सम्मको व्यवस्था गरिने उनले बताएका छन् । त्यस्तै उनले सामुदायीक विधालयमा बालमैत्री कक्षा सञ्चालन गर्नेदेखी डिजीटल बोर्डको वयवस्था गरी शिक्षाको गुणस्तरमा वृद्धी गर्ने बताएका छन् । घरदैलो अभियान सम्पन्न गरेका उनले गौरीगंगा,५ मा आफु सहित आफ्नो टिमलाई विजयी गराईदिनपनी स्थानयि बासीसंग आग्रह गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.