बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ

Image
maya metro

बाजुरा – बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ परेका छन्। जिल्लाको बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा स्थानीय विकास थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भूज ओझाले बताए। थापाले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको मतदान अधिकृत नरेन्द्र भट्टले बताए। उक्त कार्यबारे कर्मचारीले थाहा पाएपछि तत्काल प्रहरीले थापालाई पक्राउ गरेको थियो।

nisarga

२२ मध्ये २१ फिर्ता गराएको र एउटा अझै पाउन नसकिएकाले विकास थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।