बैतडीको पाटन-४ को अध्यक्षमा एमालेका विष्ट विजयी

Image
maya metro

धनगढी – बैतडीको पाटन नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेका दीपकसिंह विष्ट विजयी भएका छन्। उनी ७३४ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्रबहादुर चन्दले ६५७ मत प्राप्त गरे।

विष्ट गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए। यस्तै चार जना वडा सदस्यहरुमा दुई जना एमालेबाट र दुई जना नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्।

nisarga