
बाजुरा – बाजुरा सदरमुकाम मार्तडीमा म्यादी प्रहरी माथि खुकुरी प्रहार भएको छ ।
बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि आइतबार राति खकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त छन् ।
कटुवाल सँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापापनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का नरेन्द्र नाथ र लोकन्द्र कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिन्द्र बोगटीका अनुसार खुकुरीसमेत वरामद गरिएको प्रहरीले जनाएको छ ।















