बाजुराको गौमुल गाउँपालिकामा कांग्रेस शुन्य, पालिका अध्यक्ष, उपाध्यक्षसहित ६ ओटै वडामा एमाले विजयी

Image
maya metro

बाजुरा – बाजुराको गौमुल गाउँपालिकामा पालिका अध्यक्ष, उपाध्यक्ष सहित ६ ओटै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

हरिबहादुर रोकाया अध्यक्ष र उपाध्यक्षमा सिता रोकाया (थापा) विजयी भएका छन्।

nisarga

रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएर विजयी भए भने काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजित भए।

यस्तै उपाध्यक्ष सिताले ३ हजार १ सय ९४ मत ल्याएर काँग्रेसकी उमा रोकायालाइ पराजित गरेकी छन्।

उमाले १७ सय ४४ मत ल्याएकी थिईन्। यस्तै गौमुल गाउँपालिकामा ६ ओटै वडामा पनि एमाले विजयी भएको छ ।