
डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्याली निकालेको थियो ।

र्यालीमा सहभागि भएका नेता, कार्यकर्ताहरू घाइते भएका हुन् ।
प्रहरीका अनुसार जिल्लाको पूर्विचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भोला भट्टले जानकारी दिए ।













