नेपाल सरकारसम्म पुर्याउनुपर्ने धेरै कुरा छन् – सुशीला मिश्र

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालीका धनगढीमा उपमेयरको रुपमा रहि बिहिबार राजीनामा गरिन् सुशीला मिश्रले ।

पाँच वर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न गरेकी मिश्रले शुक्रबार पानोस साउथ एसियाले आयोजना गरेको गोष्ठीमा सहभागीसंग आफ्नो पाँच वर्षे कार्यकालसंगै राननीतिक महिलाप्रति संचारमाध्यममा लैगींक हिंसाका अनुभव साटीन् । नेपाल सरकारसम्म पुर्याउनु पर्ने धेरै कुराहरु छन् भन्दै आफ्ना कुराको सुरुवात गरेकी उनले करिब डेढ घण्टा सहभागीसंग बिताईन् । एक घण्टाको सेड्युलसहित गोष्ठीमा सहभागी भएकी मिश्रको अनुभव सबै सहभागीहरुले चासोकासाथ सुनका थिए ।

nisarga

विधार्थी जीवनदेखी नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेकी उनले आफु यहाँसम्म आईपुग्दा थुप्रै ठाँउमा लैंगीक हिसाबमा समेत थुप्रै बाधाहरु झेल्न परेको बताईन् । एक परिवारले छोरालाई पढाउन सहर पठाँउछ तर छोरीलाई कहिले सुरक्षा त कहिले ईज्जतको बार लगाँउदै बाहिर निस्कीन दिदैँन मिश्रले सोधीन,अब भन्नुहोस समानता कहाँनीर छ ?एक परिवारमा जहाँ हाम्रा आमाबुवा र परिवारका सदस्य हुन्छन् त्यहाँ त महिलामाथी विभेद हुन्छभने राजनीतिमा कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ, उनले भनीन् । समाजले महिलाले होचिएर बसेमामात्रै शक्तिको रुपमा देख्ने तर बराबरीमा आउन चाहेमा चरित्रमाथी प्रश्न खडा गर्ने गरेको उनको भनाई छ ।

जतीबेला महिला आमा मात्रै भएर बस्छीन् त्यतिबेला उनी सम्मानीत हुन्छीन् मिश्रले भनीन् “तर त्यहि महिला जब बरराबरीमा आउन खोज्छीन् तब उस्को चरित्र हत्या गर्नेदेखी लिएर निकृष्ट व्यवहारबाटै पछी पार्ने प्रयास गरिन्छ,जस्ले गर्दा बौद्धिक स्तरका महिलाहरु राजनीतिमा आउनै चाँहदैनन् ।” समाजले चरित्र छोरीको मात्रै हुन्छजस्तो गरेर छोरीलाईमात्रै चरित्र र ईज्जतका कुरा सिकाउँदा ईज्जत छोरी र महिलालेमात्रै धानीदिनुपर्ने समाजको धारणा रहेको उनले बताईन् । महिलामाथी गरिने गालीगलौचका बारेमा समाज नै बढी संवेदनशिल बनीदिने भएकाले राजनीतिमा आवद्ध महिलाहरुलाई सामाजिक संजालमा पोष्ट राख्न समेत असहज लाग्ने उनले बताईन् । गालीगलौच गर्ने कुरामा युवा पुस्ता बढी सक्रिय देखीएको उनको बुझाई छ ।

सामाजिक संजालमा कमेन्ट गर्दा महिलामैत्री ढंगले गर्न आग्रह गर्दै अहिलेको पुस्ताले आफ्ना सन्तानलाई समान चरिरत्रका कुराहरु सिकाउनु पर्ने तथा संचारमाध्यमले सामग्री सम्प्रेषण गर्दा विचार गर्नुपर्ने मिश्रको भनाई छ । पछील्लो समय समाज समानताको विषयमा संवेदनशिल बन्नुको सट्टा पछी पार्ने हिसाबमा बढी सक्रिय हुँदै गएको उनी बताँउछीन् । साथै आफु पाँच वर्ष उपमहानगरको उपप्रमुख पदमा रहँदा समेत कहिले प्रमुख पदमा नभएकै कारण त कहिले महिला भएकै कारण कार्यपालीका वैठकमा समेत आवाज दवाईने गरेको भन्दै कतिपय राम्रा योजनामा समेत उपप्रमुखको निश्चित क्षेत्राधिकारका कारण बजेट हाल्न नपाँउदा दुख लागेको उनले सुनाईन् ।

एउटै जनमतबाट चुनीएर गएपनी प्रमुख र उपप्रमुखको पदीय जिम्मेवारी फरक भएको कुरा जनतालाई बुझाउनु पनी जरुरी छ मिश्रले भनीन् “हामीले त जनमत एउटै भएपनी आफ्नो अधिकार क्षेत्र कति हो भन्ने बुझेका हुन्छौँ तर पालीकाबासीले सबै कुराको अपेक्षा उपप्रमुख बाट पनी गरेको हुने हुँदा काम गर्ने क्रममा समस्या भयो ।” महिलामाथी हुने यस्ता विविध प्रकारका हिंसाका विषयमा आवाज उठाउन महिलाकै बहुमत चाहिने मिश्र बताँउछीन् । राजनीतिमा महिलालाई अवसर नै नदीईने भएकोले अझै पनी तिजको दर खाने बाहनामा महिलाहरुलाई भेला गराई संगठीत हुनुपर्ने अवस्था रहेको उनले बताईन् । संविधानले थुप्रै अधिकारको व्यवस्था गरेका भएपनी तल्लो स्तरमा त्यो नपुग्ने गरेको उनले बताईन् ।

आफुले धनगढीमा महिलामैत्री थुप्रै कामहरु गर्न चाहेको भएपनी विविध व्यवधानका कारण गर्न नसकेको उनले स्वीकार गरिन् । धनगढीमा स्तनपान कक्ष निर्माण गर्ने,चाइल्ड केयर सेन्टर बनाउने लगायतका काम चाहेर पनी गर्न नसकेको उनले स्वीकार गरिन् । नेपाल शक्तिसंग जोडीएको देश भएको बताँउदै पुरुष राजनीतिज्ञहरु लैंगीक समानताको विषयमा संवेदनशिल नभएकै कारणपनी महिलाहरुले राजनीतिमा अवसर गुमाउदै आएको उनले बताईन् । थुप्रै सवेदनशिल विषयहरुमा अब आफुहरुले पहल गर्ने उनले बताएकी छिन् । भोट जोडएिको ठाँउमा न्याय पाउन गाहा्रे हुने मिश्रको बुझाई छ ।