बैतडीमा खोरेत रोगको प्रकोप

Image
maya metro

बैतडी – बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ। नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो।

खोरेत रोगबाट धमाधम पशुहरु मर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए।

nisarga

नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरुमा खटिएका छन्। तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरुलाई गाउँमा खटाइएको हो। खुट्टामा घाउ हुने, खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर गरी पशुहरु मर्ने गरेको पाइएको छ।

घरपालुवा जनावरमा खोरेत देखिएपछि किसानहरू चिन्तित भएका वडाध्यक्ष फुनी सिंह बोहराले जानकारी दिए। मकै लगाउने, रोपाइँ गर्ने समयमा गोरुहरुमा पनि खोरेत देखिएपछि खेत जोत्न मुस्किल भएको स्थानीय किसानहरुले बताएका छन्।

रासस