गोदावरी -७ को पहिलो वैठकको निर्णय: वडाको समग्र विकासकोलागी डिपीआर तयार गर्ने

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ७ को पहिलो वैठक सम्पन्न भएको छ ।
बिहिबार वडा अध्यक्ष कलावती साँउदको अध्यक्षतामा पहिलो वैठक सम्पन्न भएको हो ।



वडाको पहिलो वैठकले वडाको समग्र विकासकोलागी डिपीआर तयार गर्ने निर्णय गरेको छ ।
वडा अध्यक्ष कलावती साँउदका अनुसार वडाको समग्र विकासकालागी वडा बासी तथा विषेशज्ञको सुझाव सल्लाह अनुसार तत्कालीन,मध्यकालीन र दिर्घकालीन विकासकोलागी डिपीआर तयार गरी अगाडी बढ्ने निर्णय गरिएको हो ।
साथै मेरो वडाको विकासमा मेरो सहभागीता अभियान मार्फत विकास निमार्णका काममा सबै वडाबासीलाई जोड्ने निर्णय पनी वैठकले गरेको जनाईएको छ ।
