बाजुराका सिडिओ र डिएसपीहरूलाई तीन दिन भित्र हटाउन आयोगको निर्देशन

Image
maya metro

बाजुरा – बाजुराका सिडिओ र डिएसपीहरूलाई तीन दिन भित्र हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा आयोगले फेरि मतदान गर्ने निर्णय गरे संगै बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिनभित्र हटाउन सरकारलाई निर्देशन दिएको हो।

उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगले अन्य कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको बताएको छ। यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो।

nisarga

बिहीबार विज्ञप्ति निकालेर आयोगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ।