भरतपुरकी मेयर रेनु दाहाल गाडी दुर्घटनामा परेर घाइते

padma
Shikhar Dental

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको ललितपुर प्रहरीले जनाएको छ।

उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको बताइएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.