बैतडीमा पहिलाेपटक विद्युतीय राहदानी सेवा

padma

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले पहिलाेपटक विद्युतीय राहदानी ई –पासपोर्ट सेवा सुरु गरेकाे छ ।

एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी शुरू गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी  दिएका छन् ।

Shikhar Dental

ई –पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनु पर्ने र राहदानी बनाउन काठमाण्डौँ जानु पर्ने यहाँका नागरिहरुको बाध्यता हटेको छ ।

अब वैदेशिक रोजगारिमा जानेहरुले जिल्ला प्रशासन कार्यालय बैतडीमा ३ हप्ता भित्र राहदानी पाउने र विद्युतीय राहदानी ई –पासपोर्ट बनाउनेले ५ हजार शुल्क तिर्नुे पर्नेछ ।

यस्तै विद्युतीय राहदानी ई –पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाईएकाे छ । राहदानी बनाउन तीन महिना लाग्ने गरेकोमा अब भने ३ हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.