इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

padma

काठमाडौं – फाइनलसिमा २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ।

Shikhar Dental

गएराति वेम्बली स्टेडियममा इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे।

खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए।

यससँगै अर्जेन्टिना तेस्रो संस्करणको फाइनलसिमा च्याम्पियन बनेको छ। फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ।

Nawadurga
Leave A Reply

Your email address will not be published.